१३ बैशाख २०८१, बिहिबार

चलचित्र ‘नाइ नभन्नू ल ५’ मार्फत पुनःफर्किइन निरुता


Niruta Singh

१९ वैशाख, काठमाण्डौ । कुनै बेलाकी चर्चित नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा देखा पर्ने भएकी छिन् । उनी नाइ ‘नभन्नू ल ५’ मा पाँच वर्षपछि देखापर्न लागेकी हुन् ।

सामिप्यराज तिमल्सीना र विकास आचार्यको लेखन रहेको चलचित्रमा आचार्यको नै निर्देशन रहेको छ । चलचित्र भदौ ८ गते रिलिज हुने भएको छ ।

चलचित्रमा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा देखिने भएकी हुन् । चलचित्रमा प्रियंका कार्की, दिलिप रायमाझी, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय देख्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !