८ बैशाख २०८१, शनिबार

फिल्मी उद्योगमा कसैले बलात्कार गर्दैन सबै सहमतीमा हुन्छ : नायिका राखी सावन्त


rakhi savanta

एजेन्सी, १९ वैशाख । बलिउडकी चर्चित कोरियाग्राफर सरोज खानले कास्टिङ काउचमाथि दिएको विवावदास्पद बयान सेलाउन नपाउँदै अर्की नायिका राखी सावन्तले यसमाथि आफ्नो धारणा राखेकी छिन् ।

राखी सावन्तले सरोज खानको बयानलाई सही ठहराउँदै फिल्मी क्षेत्रमा कसैले बलात्कार नगर्ने बताइन् । उनले भनिन्, ‘कसैले कसैको बलात्कार गर्दैन, सबैकुरा सहमतीमा नै हुन्छ ।’

एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा राखी सावन्तले कास्टिङ काउचबारे कसैले पनि वास्तविकता नबताउने बताइन् । उनी भन्छिन्, ‘करियर बनाउनका लागि नयाँ कलाकारले जे सुकै गर तर मलाई काम देउ भन्छन् । यसमा निर्माताको के गल्ती ? सरोज जी गलत होइनन् ।’

‘बलिउडले बलात्कारपछि रोटी त दिन्छ’
आफूले पनि कास्टिङ काउचको सामना गर्नुपरेको बताउने राखी भन्छिन्, ‘जब म यो क्षेत्रमा नयाँ थिएँ मैले पनि कास्टिङ काउच झेल्नुपरेको थियो । तर मैले भेटेका सबै निर्माता–निर्देशक दोषी थिए भन्न खोजेकी होइन । ’

‘फिल्म र फेशन जगतमा महिला मात्र शिकार हुने होइन, पुरुष पनि यस्तो अवस्थावाट गुज्रिएका हुन्छन्,’ उनले थपिन् ।

‘जहाँसम्म मेरो प्रश्न छ, यो सुरुवाती अवस्थामा थियो । तर मसँग प्रतिभा थियो र मैले हार मानिनँ । मैले नाई भन्न सिकें । र मैले आफ्नो जीवनको बाटो बनाउनका लागि एक कलाकारको रुपमा आफ्नो प्रतिभाको उपयोग गरें,’ उनले भनिन् । ‘म सबै स्ट्रग्लर्सलाई यो सल्लाह दिन चाहन्छु कि धैर्य गर्नुहोस् र सर्टकट्सको मोहमा नपर्नुहोस् ।’यो समाचार रातोपाटीवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !