१३ बैशाख २०८१, बिहिबार

‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक


Kun geet

१३ वैशाख, काठमाण्डौ । गायिका सरु गौतमको नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक भएको हो ।

तारा पराजुलीले लेखेको गीतमा भिम विसीले संगीत भरेका छन् । म्यूजिक एरेन्ज महाराज थापाको छ । गीतको भिडियोमा अभिनेत्री सञ्चिता लुईटेल र मोडल नयन डिसी फिचरिङ छन् । भिडियो निर्देशन पनि नयनकै छ ।

उत्सव दाहालले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् । ‘मेरा अरु गीतभन्दा यो फरक छ, आशा छ दर्शकले रुचाइदिनुहुनेछ,’ सरुले भनिन्। भिडियोको निर्माण कुमार कटुवालले गरेका हुन् । सरुको तीन महिना अघि रिलिज भएको ‘काग दाज्यै काग दाज्यै’ गीत दर्शकले रुचाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !