१३ बैशाख २०८१, बिहिबार

सलमान खान अभिनित ‘भारत’ को सुटिङ सुरु


Salman-Priyanka

एजेन्सी, ४ वैशाख । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को सुटिङ सुरु भएको छ । साथै उनीसँग चलचित्रको पर्दामा देखिने नायिकाको नाम पनि सार्वजनिक भएको छ ।

झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बरिरहेकी ३५ वर्षीया बलिउड नायिका प्रिंयका निर्देशक अली अब्बासद्वारा निर्देशित चलचित्रमा सलमान खानसँगै देखिन लागेकी हुन् ।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरेका छन् । उनीहरु झण्डै १० वर्षपछि ठूलो पर्दामा सँगै देखिन थालेका हुन् ।

चलचित्र ‘भारत’ को प्रमुख नायिकाका बारेमा विभिन्न अड्कलबाजी हुँदै आए पनि अन्तिममा प्रियंकालाई साइन गराइएको छ । यसअघि कट्रिना कैफको नाम पनि चर्चामा रहेको थियो । प्रियंका सन् २०१६ मा ‘जय गंगाजल’ मा देखिइएकी थिइन् । उनी सलमान खानसँगको कामलाई लिएर निकै उत्साहित छिन् ।

प्रियंकाले सलमान र निर्देशक अलीसँग काम गर्न पाउँदा आफू  निकै खुशी भएको बताएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !