१३ बैशाख २०८१, बिहिबार

गजल-बरु एउटा विभेदको पाठशाला बनाऊ !


जीवन मगर
जीवन मगर

बरु एउटा विभेदको पाठशाला बनाऊ !
मरेपछि पाप धुन धर्मशाला बनाऊ !!

म पिडा सहेर मैदान बनिदिन्छु !
खेलाडी हौ तिमी त, रंगशाला बनाऊ !!

यो त विज्ञनको युग हो सबै जांच हुन्छ !
छुत-अछुत जांच गर्ने प्रयोगशाला बनाऊ !!

पशु हुँ म त, तिमी मान्छे जातको परेऊ !
मेरो लागी छुट्टै एउटा बधशाला बनाऊ !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !