२२ मंसिर २०८१, शनिबार

कविता – मेरो देशको इतिहास अनि मानचित्र


सत्ययुगमा सत्यवती,
त्रेतायुगमा तपोवन,
द्वापरयुगमा मुक्तिसोपान,
र कलियुगमा पवित्रभूमि नेपाल
यो हो मेरो देशको इतिहास।
उत्तरमा सर्वोच्च शिखर सगरमाथा,
दक्षिणमा पवित्र गंगा नदी,
पूर्बमा टिष्टा र पश्चिममा सतलज,
यो हो मेरो देशको मानचित्र।
यो मेरे सपना वा कल्पना होईन,
यो इतिहासले भन्छ,
यो तथ्यले भन्छ,
यो सत्यले भन्छ।
सत्यले होईन,बलले,
तथ्यले होईन, छलले,
प्रमाणले होईन, अहंकारले
आज मेची र काली मिचिदै छ,
हाम्रो छाति थिचिदै छ।
देशवासीहरू ! अब जागौं है ! जागौं !
देशको इतिहास र मानचित्र बचाउन लागौं !

*प्रेमबहादुर सिंह पूर्वमन्त्री हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !