७ बैशाख २०८१, शुक्रबार

गजल-उता भारतले नेपाली सिमाको लिपुलेक लूटदै छ !


राम मगर

उता भारतले नेपाली सिमाको लिपुलेक लुट्दै छ !
एता कुर्सी र पैसाको भाग बण्डामा पार्टी फुट्दै छ !!

अरे यार भन्नलाई त भन्छौं, रोटिबेटीको सम्बन्ध !
अनि व्यबहारमा नेपाली भुमी कप्जा गर्न जुट्दै छ !!

नेपालको भुमि लुट्दा पनि चुप बनि किन बस्छौं नेता !
लिपुलेक नेपालको हो भन्दै आन्दोलन गर्दा कुट्दै छ !!

कोरोनाले विश्व नै तरङित बनाएको समयमा पनि !
पार्टी फुटाउनको लागि तिमि अपहरणमा जुट्दै छ !!

“राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक, स्वास्थ्य तथा साहित्य विषयमा कलम चलाउछन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !