१३ बैशाख २०८१, बिहिबार

दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे


दिवेश पोखरेल_आर्थन गन

२९ वैशाख, काठमाडौं । विश्व प्रसिद्ध गायन प्रतिभाको खोजी गर्ने रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका युवा दिवेश पोखरेल टप ७ मा पुग्न सफल भएका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धी बीचमा भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।

टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । उनलाई अब फाइनलमा पुग्न एक खुड्किलो मात्रै बाँकी रहेको छ । आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसहित अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा ‘आर्थन गन’को नामले प्रतिस्पर्धा गरिरहेका छन् ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको ‘किस द गर्ल’ बोलको गीत गाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !