७ श्रावण २०८१, सोमबार

गजल-भीर पाखा पर्वतमा, डुल्दैछौ कि के हो !


भीर पाखा पर्वतमा, डुल्दैछौ कि के हो !
लाग्दैन त बाडुल्की, भूल्दैछौ कि के हो !!

धेरै खोजें बगैंचामा देखिदैनौं तिमी अचेल !
झट्ट नदेखिने फूल बनि, फूल्दैछौ कि के हो !!

तिमिबिना आकासभरि बादल मात्र देख्छु !
हिउँ बन्न बादलसङ्गै, झुल्दैछौ कि के हो !!

जताततै तिमी नै छौ आभास यस्तै हुन्छ !
यो मनभित्र बास बसि, घुल्दैछौ कि के हो !!

हिजोआज आँखा बाट बर्सात किन हुन्छ !
बर्सात पछिको नभ सरि, खुल्दैछौ कि के हो !!

सन्तोष ढकाल
प्राध्यापक
भगवती दिनानाथ उच्च माबि खोटाङ्ग बजार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !