८ बैशाख २०८१, शनिबार

‘मिस एअर होस्टेस २०१७’ को ताज रीवा लिम्बूलाई


असोज ३, काठमाडौँ |  ‘मिस एअर होस्टेज–२०१७ ‘ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन्। सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन्।

विजेता लिम्बूले २५ हजार रुपैयाँ र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन्। त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड प्राप्त गरिन् ।

उनले १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु एक लाख बराबरको छात्रवृत्ति पनि प्राप्त गरेकी छन् । मुख्य निर्णायकका रुपमा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा थिए।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !