६ बैशाख २०८१, बिहिबार

गजल-खुट्टा तानातान गर्नलाई छोड्न नेता ज्यु!


गजल

खुट्टा तानातान गर्नलाई छोड्न नेता ज्यु!
टुक्रीएको नेपाली मनलाई जोड्न नेता ज्यु!

कुक्रीती विसंगतिले बिगार्यो हाम्रो देश
बिदेशि भेष, भुषा चाडै तोड्न नेता ज्यु!!

देश बिकाश गर्न लाई किन पछि हट्छौ सबै
हाम्रो देशको आकृतीलाई मोड्न नेता ज्यु!!

नेपाल एउटा सुन्दर बगैँचा हो भन्छन सबले
बगैचाको झार, पातलाई अब गोड्न नेता ज्यु!!

प्रकाश बन्जारा सहयात्री
बराह्पोखरी गाउँपालिका २ सुन्तले खोटाङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !