१२ बैशाख २०८१, बुधबार

गजल-तिर्खा लाग्दा प्यास मेट्न पानी भएन !


राम मगर

राम मगरको गजल

तिर्खा लाग्दा प्यास मेट्न पानी भएन !
मँ रिसाउँदा फकाउने एउटी सानी भएन !!

खोइ कसरी सुनाउ यो मनको बेथा !
केटि सँग नजिक हुने बानी भएन !!

तड्पिएर बस्दै छु म उसैको पर्खाईमा !
बुढेसकालमा सहारा दिने नानी भएन !!

अनयासै रुन्छु म सपनीमा ब्युझियर !
मलाई उपदेश दिने उनि ज्ञानी भएन !!

खै साथ कस्ले देला र यो अभागीलाई !
मेरो दिलको दरबारमा कोहि रानी भएन !!

“राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !