६ बैशाख २०८१, बिहिबार

चिसापानी : फोटो फिचर


नयाँ वर्ष २०७३ कता गएर मनाउने योजना गर्दै हुनुहुन्छ ? यदि काठमाडौंको आसपास हुनुहुन्छ, धेरै टाढा जाने मनशायमा हुनुहुन्न, हाइकिङ्गको सौखिन हुनुहुन्छ, प्रकृतिको काखमा लुट्पुटिने चाहना व्यग्र छ भने तपाईंका लागि एक उत्तम गन्तव्य हुन सक्छ: काठमाडौंको उत्तरी भेग अवस्थित सुन्दरीजलदेखि चिसापानीसम्मको यात्रा ।

सुन्दरीजलदेखि चिसापानी ४/५ घण्टाको हिंडाइमा पुगिन्छ । यात्रामा तपाईंले वनजंगलले दिने उपहार अर्थात् शीतलता र प्राणवायु (अक्सिजन ) को विशुद्द स्वाद लिदैं छिनोले टम्म मिलाएका ढुंगाको बाटोको पदयात्राको आनन्द लिन सक्नु हुन्छ । त्यहाँको प्राकृतिक छटामाझ हर्षविभोर हुँदैं एक दुई रात त्यहीं गुजार्न सक्नुहुन्छ । यात्राको थकानले राती चाँडै निन्द्रा लागे पनि बिहानी पख उठेर मुख धुदैं गर्दा सेता दन्तलहरझैं टल्किने हिमचुलीमा घाम झुल्केको दृश्य देख्न पाउँदा तत्काल आफूँमा उर्जा र प्रकृतिप्रतिको विनम्रता ह्वात्तै बढेको पाउनुहुनेछ ।
यदि तपाईंसंग एक दिनको मात्र समय छ र एकै दिनमा चिसापानी पुगेर फर्किन चाहनुहुन्छ भने आफ्नो घरमा खान खाएर बाइकमा सुन्दरीजलभन्दा थोरै तलबाट हुइँकिन सक्नुहुन्छ।
यदि ३ दिनको समय छ भने दोस्रो दिन चिसापानीबाट मुलखर्क हुँदै नगरकोटसम्म पुन: खुट्टा तन्काउन सक्नुहुन्छ र एक रात त्यहीं बसेर काठमाडौं फर्किन सक्नुहुन्छ ।
केशव अधिकारी र साथिहरुको क्यामेरामा कैद केहि मनमोहक दृश्यहरु:

01012010153 01012010159 DSC05716 DSC05723 DSC05740 DSC05742 DSC05745 DSC05746 DSC05807 DSC05838 DSC05839 DSC05841 DSC05866 DSC05874 DSC05875 DSC05890 DSC05891 DSC05903 DSC06055 DSC06101 DSC06133 DSC06166 DSCN0355 DSCN0502 DSCN0504 DSCN0506 DSCN0509 DSCN0552 DSCN0553 DSCN0649


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !