१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’ पुस्तक लोकार्पण


प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’ पुस्तक लोकार्पण

फागुन १०, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ लोकार्पण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार आयोजित एक कार्यक्रमका बीच उनको उक्त पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको हो ।

शताब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव प्रसाद घिमिरेले प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टू एक्सन’ लोकार्पण गरे । २४० पृष्ठ रहेको पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयासहरु साथै प्रधानमन्त्री ओलीका सम्बोधनहरु पनि समेटिएको छ ।

प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर सो पुस्तक लोकार्पण गर्न भनिएतापनि ओली जन्मदिन मनाउन जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जाने भएकोले सो पुस्तक आज नै पुस्तक लोकार्पण गरिएको हो । प्रधानमन्त्री ओलीको जन्मदिन भोली फागुन ११ गते हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !