१३ बैशाख २०८१, बिहिबार

विवाद माझ बादशाह खान : ‘फ्यान’ का १० कुरा


रिलिजको तयारीमा रहेको फिल्‍म ‘फ्यान’ का लागि कथा चोरेको आरोप लागेपछि शाहरुख संकटमा परेका हुन् । कथा चोरेको आरोपमा शाहरुखले भने आफ्नो नयाँ फिल्म ‘फ्यान’ को कथा मौलिक रहेको दाबी गरेका छन् ।
शाहरुखले भने, ‘फि‍ल्‍म मौलिक सोचमा आधारित छ। एक अभिनेता र उसको फ्यानको कथा यसमा छ । यसमा कयौं विषय र कहानी हुनसक्छन् । यो फिल्मको कुनै पनि विषय र कहानी अन्य फिल्मको कहानीसँग मिल्न सम्भव छैन ।’
शाहरुख खानको फिल्म ‘फ्यान’ यसै हप्ताको शुक्रबार रिलिज हुँदैछ । यसका केहि रोचक तथ्य यस्ता छन् :

  1. यस फिल्ममा शाहरुख खान दोहोरो भूमिकामा देखिएका छन् ।
  2. मनीष शर्मा यस फिल्मका निर्देशक हुन् ।
  3. हलिवुडका ‘स्पेशल मेकअप इफेक्ट्स’ विशेषज्ञ ‘ग्रेग क्यानम’ शाहरुखको कलिलो उमेरको फ्यानको अनुहार देखाउने मेकअपमा अनुबंद भएका थिए । ग्रेग क्यानम तिनै हुन्, जो नौ ओटा एकेडेमी अवार्ड्सको नोमिनेसनमा परेका थिए र तीन पटक पदक आफ्नो पोल्टामा पारेका थिए। क्यानम हलिवुडका चर्चित चलचित्र ‘द क्युरियस केस अफ बेन्जामिन बटन’,’अ ब्युटिफुल माइण्ड’, ‘पाइरेट्स अफ क्यारिबिएन्’ ‘द कर्स अफ द ब्लाक पर्ल’, ‘टाइटानिक’, बक्सर मुहम्मद अलिको जीवनीमा आधारित विल स्मिथद्वारा अभिनित चलचित्र ‘अलि’ जस्तामा पनि काम गरेका थिए ।
  4. क्रोयसियामा सुटिङ हुँदा शाहरुखलाई चोट लागेको थियो ।
  5. शाहरुखको फ्यानको कलिलो युवकको भूमिकाको लागि थ्री डी स्कानिंग गरिएको थियो ।
  6. शाहरुखका चर्चित वास्तविक तस्विरहरुको संयोजनबाट ‘फ्यान’को लोगो बनाइएको हो ।
  7. फिल्मको एउटा निश्चित सटको लागि शाहरुखकै आवास गृह ‘मन्नत’ मा सुटिङ गर्ने योजना थियो तर सुरक्षा र डेडलाईनको कारण उक्त योजना रोकियो । र पछि ‘मन्नत’को डिजाइनमा बनाइएको सेटमा सुटिङ गरिएको थियो ।
  8. फिल्म रिलिज हुने मिति दुई पटक सारिएको थियो ।
  9. शाहरुख अभिनित ब्लक बस्टर फिल्म ‘डर’ का जस्ता केही दृश्य यस फिल्ममा पनि देखिएका छन्।
  10. फिल्म लन्डन, क्रोयसिया, मुम्बई र दिल्लीमा सुटिङ गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !