१३ बैशाख २०८१, बिहिबार

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई


केशव भट्टराई

मंसीर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । हिजो आइतबार राति १० बजेर २० मिनेटमा हृदयाघातका कारण उनको निधन भएको हो । अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको थियो ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए ।

चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए । उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ । भट्टराईका एक छोरा र एक श्रीमती छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !