१३ बैशाख २०८१, बिहिबार

बैदेशिक रोजगार


बाबाको सपना र मेरो यथार्थ

परदेशी मित्रको आदर्श र मेरो बाध्यता

गरिब नेपालीको बाच्ने आधार हो नेपालको बैदेशिक रोजगार ।

 

 भुमिहिनको खेत र अदक्षको श्रोत

बिदेशको आर्थिक बिकास र गरिबको निकास

धनिको पाताल र गरिबको आकाश हो नेपालको बैदेशिक रोजगार ।

 

 बहिनिको खुसी र आमाको चाहना

पूरा गर्ने गरिब नेपालिको एक्लो बाहना

आर्थिक क्रान्तिलाइ देख्ने एक्लो आधार हो नेपालको बैदेशिक रोजगार ।

 

 बयस्क हो या भविस्यका कर्णधार

उद्देश्य लिइ बोक्ने ब्ययभार

धेरै भए श्रममा दुराचार यहि हो नेपालको बैदेशिक रोजगार ।

 

 जब भयो फ्री भिसा फ्री टिकट

दुर्गमबासी नेपाली भए यसको निकट

गरिबी निवारणको खोजिएन अर्को आधार भयो नेपालको वैदेशिक रोजगार ।

स्काइ पोख्रेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !