७ बैशाख २०८१, शुक्रबार

मैले सोचेँ अब पैसा चाहियो


मैले सोचेँ अब पैसा चाहियो

मैले सोचेँ अब पैसा चाहियो

 

हुनेखाने पैसावालकै बोली चल्छ यहाँ

पढ्या, लेख्या बुद्दिजिबी हेला हुन्छन् जहाँ

 

न छ सम्मान सधैँभरि अर्डर मात्र पाइयो

त्यही भएर मैले सोचेँ अब पैसा चहियो।।

 

भविष्य नै अन्योल छ रे यो पेशामा रहँदा

इज्जत केही हुन्न अरे यस्तो जागीर खाँदा।

 

न कसैले राम्रो भन्छ न त आदर पाइयो

त्यही भएर मैले सोचेँ अब पैसा चाहियो।।

 

इज्जत, पैसा सबै छ रे अरु फिल्डमा जाँदा

विलमा चढाए हुन्छ अरे मन लागेको खाँदा।

 

इमान्दार हुँदा पनि सधैँ गुलाम भइयो

त्यही भएर मैले सोचेँ अब पैसा चाहियो।।

 

जति सेवा गरे पनि छैनन् राम्रो भन्ने

अरु चाहिँ टेवलमुनि सधैँ पैसा गन्ने।

 

अरु सवैले झोला भरे आफू रित्तो भैइयो

त्यही भएर मैले सोचेँ अब पैसा चाहियो।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !