७ बैशाख २०८१, शुक्रबार

मेरा हजुर


my best half

मेरो मुटुको ढुकढुकीमा बाँच्छन् मेरा हजुर
भुलीकन आँफैलाइ यी नयनमा नाच्छन् मेरा हजुर

यस्तो लाग्छ संसारकै भाग्यमानी हुँ म
मेरै लागि मुठ्ठी सास साँच्छन् मेरा हजुर

दु:ख पीर मनका सबै भित्रभित्रै दबाइकन
मेरै लागि चोट भुली हाँस्छन् मेरा हजुर

तन, मन बचनले आफ्नो उनलाइ मानेकी छु
शंका गर्‍या जस्तै गरि माया जाँच्छन् मेरा हजुर

कुनै पल टाढा हुने कल्पना नै छैन यहाँ
वियोगका जन्जिर सबै भाँच्छन् मेरा हजुर।

-रीता भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !