११ बैशाख २०८१, मंगलबार

सानो छोरो


baby-walking

सानो सानो छोरो मेरो टुकुर टुकुर गर्छ,
बोल्न खोज्दै हिँड्न खोज्दै यता उता गर्छ|
साना साना खुट्टा उसका थर थर काँप्छन्,
लड्दै पर्दै बामे सर्दै उठ्ने प्रयास गर्छन्|

साना साना हात उसका यता उता चल्छन्,
खेलाउना के के छन् भनि छामछाम छुमछुम गर्छन्|
केही भेट्यो भने खित्का छोडी हाँस्छ,
केही हात परेन भने धरधरी रुन्छ|

काला काला आँखा उसका ढोकातिर जान्छन्,
पल्याकपुलुक यताउता डुल्ने सङ्केत गर्छन्|
को आयो को गयो उसलाई थाहा छैन,
डुलाउने मान्छे भए कसैको मतलब छैन|

कलम कापी देखेपछि हुरुक्क हुन्छ,
हात खुट्टा अनि आँखा त्यतैतिर लान्छ|
भविष्यको संकेत हो कि भन्ने जस्तो लाग्छ,
यस्ता क्रियाकलाप देख्दा यो मनमा धेरै आसा जाग्छ|


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !