६ बैशाख २०८१, बिहिबार

रहस्यमय कविता


ramesh-marasini

तिमिसँगै मुर्ति ढोगेँ

ढुङ्गामा हुन्न देउता भनि अरुलाइ सिकाएँ,
न म तिम्रो नजरमा नास्तिक कहलिएँ
न कसैको नजरमा आस्तिक,
नसोध, कस्को नजरमा कस्तो को छ।
थाहा छैन
तिमि भ्रममा पर्यौ या मैले भ्रममा पारेँ,
आखिर संसार नै रहस्यमय जो छ।

तिम्रा वाचा कसम अह कहिले तोडिन
अरुलाइ छलकपट कुनै नौलो ठानिन,
न म तिम्रो नजरमा झुठ कहलिएँ
न कसैको नजरमा सज्जन,
नसोध, कस्को नजरमा कस्तो को छ।
थाहा छैन
तिमि भ्रममा पर्यौ या मैले भ्रममा पारेँ,
आखिर संसार नै रहस्यमय जो छ।

तिमि प्रेम पुजारि बन्यौ
साथि भाइ सोलमारिमा भुले म,
न म तिम्रो नजरमा बदनाम कहलिएँ
न कसैको नजरमा सात्विक,
नसोध, कस्को नजरमा कस्तो को छ।
थाहा छैन
तिमि भ्रममा पर्यौ या मैले भ्रममा पारेँ,
आखिर संसार नै रहस्यमय जो छ।

तिमिलाइ संका लाग्यो, संसारलाइ संका लाग्यो
सायद सोचेजस्तो भेटिएन म,
न म तिम्रो नजरमा बेइमान कहलिएँ
न कसैको नजरमा असल,
नसोध,कस्को नजरमा कस्तो को छ।
थाहा छैन
तिमि भ्रममा पर्यौ या मैले भ्रममा पारेँ,
आखिर संसार नै रहस्यमय जो छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !