१३ बैशाख २०८१, बिहिबार

रोएँ म


crying

तिम्रो यादमा आज लुकेर रोएँ म।

आफ्नै भाग्य लाई थुकेर रोएँ म।।

मलाइ छोइ नछुटने कसम खाँदा।

त्यो दिन सम्झी मुटु दुखेर रोएँ म।।

मन दुख्दा झर्ने आँसु सिद्दे क्यारे।

घिटट सास लि छाती सुकेर रोएँ म।।

मर्न थाले भन्न सकिन टुहुरो झै।

जिउदो लास माथी झुकेर रोएँ म ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !