११ बैशाख २०८१, मंगलबार

उज्यालोको किरण छर्ने रवि बन्ने सपना छ


ramesh-sapkota

उज्यालोको किरण छर्ने रवि बन्ने सपना छ
सुन्दर संसार कोर्ने अब कवि बन्ने सपना छ

कल्पनाशक्तिलाई यथार्थमा बदलेर अबको दिन
देशको निम्ति सच्चा छवि बन्ने सपना छ

दुनियाँलाई धोका दिन नाटकीय जाल होइन
सबैलाई प्रेम गर्ने लबि बन्ने सपना छ

सफलताको वास्तविकता रहस्य खोज्नलाई
क.ले.जो. अर्थ भ’को कवि बन्ने सपना छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !