१३ बैशाख २०८१, बिहिबार

के छ ‘लुकामारी’ मा त्यस्तो ?


lukamari-movie

अहिले नेपाली चलचित्रवृत र सामाजिक संजालमा एउटै कुरा छाईरहेको छ: चलचित्र ‘छक्का पन्जा’। तर यो लेखमा ख्याती श्रेष्ठ हत्याकाण्डमा बुनिएको अर्को बुलन्द चलचित्रको चर्चा गरिदैंछ,’लुकामारी’को।

अर्को सशक्त चलचित्रको पृष्ठभूमी:
हरेक मान्छे जटिल छ। मानसपटलका वेत्ताहरु भन्छन्: मन पनि जटिल छ। मनका तीन तह छन्,चेतन(कन्सस),अवचेतन(सवकन्सस) र अचेतन(अनकन्सस)। मान्छे अलि धेरै मात्रामा चेतनशील भयो भने ऊ समाजमा स्वीकृत हुन्छ र कानुनी हिसाबमा स्वतन्त्र हुन्छ। थोरै चेतनशील र धेरै अचेतनशील भयो भने मनको डोरीले डोरिएर ऊ यस्ता धेरै कार्य गर्न पुग्छ, जुन समाज र कानुनी रूपमा वर्जित हुन्छन्। यहि नै हालसालै नेपालको युट्युब ट्रेण्डिङ्गमा पाँचौं नम्बरमा परेको चलचित्र ‘लुकामारी’को कथा हो।

कोही चलचित्र विश्लेषक भन्छन्,”चलचित्रको उद्देश्य समाजलाई डोर्याउनु हो सत्मार्गतिर।” कोही भन्छन्,”चलचित्र समाजको लागि ऐना हुनुपर्छ,समाजलाई दुरुस्त देखाउने।” हुनत जसरी साहित्य सफल र उद्ध्यमी मानिसको बारेमा मात्र नभई अपराधीको बारेमा पनि लेखिनुपर्छ भन्ने मान्यता छ,त्यसरी नै यस्ता विषयवस्तु पनि चलचित्रमा समेटिनु पर्छ भन्ने मान्यता यो पंत्तिकारको पनि छ, ताकी त्यस्ता आपराधिक पाटाहरु पनि भविष्यका लागि शिक्षा हुन सक्छन्।

किन हेर्ने त आखिर लुकामारी?
१. मधेश आन्दोलनताका सुरु भएको पहाड र मधेशबिचको मानसखाडल पुर्न यो चलचित्र सफल छ। मधेशी लवज र भेषभुषामा उत्रिएका सौगात मल्ल दर्शकका लागि प्यारा छन्।
२.कुनै बेला बाहुन-क्षेत्रीइतर समुदायको असन्तोष चुलिएको थियो नेपाली समाजमा। तिनै समुदायका प्रतिनिधि पात्रको भूमिकामा विक्रमसिंह थारु उत्रिएका छन्।
३.आम नेपाली युवाका प्रतिनिधिका रूपमा कर्मा देखिएका छन्, जो आफ्नो ठोस लक्ष्य समात्न सकेका छैनन् तर परिआए प्रहरी प्रशासनलाई आपराधिक अनुसन्धानमा सहयोग गर्न तत्पर हुन्छन्।
४. परम्परागत नेपाली चलचित्रमा आर्य अनुहारका नायक मात्रै हावी हुने गरेका थिए। अहिले जातीय, भौगोलिक र मानसिक विभाजनको डर देखिएको नेपाली समाजमा ‘लुकामारी’ चलचित्रले यिनै गैर-आर्य प्रतिनिधि कलाकारहरुलाई उभ्याएको छ, त्यो पनि दर्शकलाई चित्त बुझ्ने गरी।
५.विगत केही वर्षदेखि बलिवूडले दक्षिण भारतीय चलचित्रहरुको नक्कल गरी मसलेदार चलचित्र बनाउंदै आएको छ। ‘सिङ्घम’,’वान्टेड’,’राउड़ी राठौर’ जस्ता चलचित्रहरुमा पहिलेका निरीय चलचित्र पात्र ‘प्रहरी’लाई सशक्त भूमिकामा उतारिएको थियो। ‘लुकामारी’मा पनि सस्पेन्स पारामा अनुसन्धान प्रहरीहरुलाई बुलन्द पारिएको छ।

चलचित्र यहाँ हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !