७ बैशाख २०८१, शुक्रबार

नायिका विद्या सिन्हा सिकिस्त, भेन्टिलेटरमा राखेर उपचार हुँदै


एजेन्सी । ९० को दशककी चर्चित नायिका विद्या सिन्हा अहिले जिवन र मृत्युको लडाईसंग लडिरहेकी छन् । उनको मुम्बईको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ ।

अस्तालमा भर्ना भएकी विद्याको स्वास्थ्य स्थिती निकै नाजुक भएको बताइएको छ । अन्तिम अवस्थामा रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको भारतीय मिडियाले जानकारी दिएको छ ।

उनको फोक्सो र मुटुमा समस्या देखिएको अस्पतालका चिकित्सकहरुले बताएको छन् । नायिका विद्या सन् २००९ ताका निकै चर्चामा रहिन् । उनी फिल्मी करियरका कारण नभएर नीजि जिवनका आएको उतार चढावका कारण चर्चित भएकी थिइन् ।

पहिलो विवाह पछि पतिको मृत्यु भएका कारण दोस्रो विवाह गरेकी विद्याले त्यतिबेला उनले आफ्ना दोस्रो श्रीमान् नेताजी भीमराओ सालुंखेले आफुलाई मानसिक र शारीरिक यातना दिएको आरोप लगाएकी थिइन् । त्यसको केही दिन पछि नै उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

स्मरण रहोस्, विद्याले पहिलो विवाह आफ्ना छिमेकी एवं तमिल ब्राह्मण वेंकटेश्वर अय्यरसँग सन् १९६८ मा गरेकी थिइन् । तर उनीहरुको वैवाहिक जिवनको सुख लामो समय लिन पाइनन् । कारण उनको सन् १९९६ मा निधन भएको थियो । उनले पहिलो विवाह पछि एक छोरी जान्ह्वीलाई अडप्ट गरेकी थिइन् ।

विद्याको फिल्मी करियरको कुरा गर्ने हो भने उनले ‘छोटी सी बात, रजनीगन्धा, पती पत्नी और वो, मुक्ति, स्वयंवर, मगरुर, सफेद झुठ, तुम्हारे लिएजस्ता विभिन्न बलिउड फिल्ममा काम गरेकी छिन् । ति फिल्म त्यती बेलाका चर्चित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !