४ बैशाख २०८१, मंगलबार

हनिमुनका मनाउने पैसा समेत नभएका साहरुखलाई श्रीमती गौरीको यस्तोसम्म साथ


एजेन्सी, बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।

उनले सञ्चारमाध्यमसँग कुरा गर्दै शाहरुख खान एक राम्रो पिता र पति रहेको बताएकी छन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि गौरवको कुरा भएको बताएकी छन् । तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् ।

सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यति मात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए ।

गौरी र शाहरुखको बीचमा हनिमुन पेरिस जाने सहमति भएको थियो तर, शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमुनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !