८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री आलिया सगरमाथामा


अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छन् । फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने छ ।

फिल्म सिंहमाथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’ माथि बन्न लागेको हो । सन् २०२० मा फिल्म युनिट छायांकनका लागि सगरमाथा क्षेत्रमा आउने बताइएको छ । धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।

उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !