१३ बैशाख २०८१, बिहिबार

शिल्पालाई छविको आग्रह : कमीकमजोरीहरू सच्याएर गान्धीवादी भएर बस्छु, घर फर्क


काठमाडाैं । फिल्म निर्माता छविराज ओझाले अभिनेत्री तथा श्रीमती शिल्पा पोखरेललाई घर आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पासमक्ष यस्तो आग्रह गरेका हुन्।

५२ बर्षको उमेरमा ३ वटी श्रीमतीसँग सम्बन्ध बिच्छेदपछि जीवनका सबैकुरासँग कम्प्रमाइज गरेर शिल्पालाई बिहे गरेको प्रशंग झिक्दै छविराजले यसअघिका विवादका सम्बन्धमा आफ्ना कमजोरी सच्याएर अब गान्धीवादी बन्न तयार रहेको भन्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका हुन् ।

छविले फेसबुकमा स्टाटस मार्फत शिल्पालाई अरुका कुरा नसुन्न आग्रह गर्दै आफ्नो घरको ढोका सधैंको लागि खुल्ला रहेको स्पष्ट पारेका हुन् । निर्माता ओझाले छातीमा हात राखेर आफूमाथि लगाइएका कतिपय आरोपहरू कति सत्य छन्, त्यसमा आत्मआलोचना गर्नसमेत शिल्पासँग आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘यदि तपाई पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमीकमजोरीहरू सच्याएर गान्धीवादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधैं तपाईका लागि खुल्ला छ।’

उनले आफूसँग बस्न नै उचित नलागेको भए पनि एकपटक टेवलमा सँगै बसेर कुरा गर्न आग्रह गरेका छन् । आफूले कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गर्दै आफ्नो इतिहास पल्टाएर हेर्न छविले चुनौती समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !