७ बैशाख २०८१, शुक्रबार

संघर्ष गर्दा गर्दै आज काल भयो जीवन


life

जित्छु भन्दा कछुवाको चाल भयो जीवन
संघर्ष गर्दा गर्दै आज काल भयो जीवन

कहिल्यै पनि नपुग्ने मान्छेको सपनाले
विना अर्थ सताएर वेहाल भयो जीवन

एकाग्रही रुपले जीवन काट्न सकिएन
छल्किएको समुन्द्रको छाल भयो जीवन

भनिन्छ जिन्दगी त सङ्गितमय होस्
विनाधून मादलको ताल भयो जीवन ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !