१३ बैशाख २०८१, बिहिबार

गजल-देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट


anurag

देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट ।
पीडाहरु दौडिरहेको कहाँ देखिन्छ र शरीरबाट ।।

पैसा कमाउदैछु उसलाई गुन्यो चोली किनिदिन ।
आफ्नै घरभित्र भित्र्याउनु छ उस्लाई मंसिरबाट ।।

मैले मेरा आँखा चिम्लेर राम राम जपेर बसिरहे ।
तिमिले जे निर्णय गरेकिथियौ दौडिने भिरबाट ।।

बाले मृत्युु बरन गरेर आफ्नो आयु सकिए पछि ।
त्यही दिन आमालाई टाढा राखियो अबिर बाट ।।

जे छ त्यसमा चित्त बुझाई यो दिल खुशी बनाउ ।
यो कदमले मुक्त हुन्छौ हामि दुखको जन्झिर बाट ।।

  • बिजय कुमार शाह “अनुराग”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !