८ बैशाख २०८१, शनिबार

गजल-फेरिन्छ क्षण भरमै चाहना फेरिन्छ


फेरिन्छ क्षण भरमै चाहना फेरिन्छ ।
रिसाउने मान्छे सङ्गै फकाउने बाहाना फेरिन्छ ।।

डर लाग्छ,देशमा निदाएर बिदेशमा ब्युझिन्छु कि ।
रातारात मेरो देशको सिमाना फेरिन्छ ।।

चिट्ठी नै पठाएनौ कि बिर्सियौ तिमिले ।
घर नहुनेहरुको त ठेगाना फेरिन्छ ।।

म जति बद्लिए त्यती आमा बदलिनु भएन ।
र बुझेँ, मान्छे फेरिन्छन र पो जमाना फेरिन्छ ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !