७ बैशाख २०८१, शुक्रबार

साइलेन्स माया


sudarshan-kafle

साधनमा हो कि, साध्यमा हो?
मायालाई एक्छिन रोकुम,
नजिक हो या टाडा, सैर्य धुपमा,
या ऐनालाई धोका दिने कस्मेटीक रुपमा हो?
बर्साको ओतमा हो कि?
भोकको रोटि, या सब थोकमा हो।

यो साइलेन्स माया?
काल्पनामा डुब्दै, तैरदै।
आखिर पोखरिको माछा जस्तो,
जमना खराब छ। फेरि कतै,
पानि बिना छट्पटीमा पो हो कि,
यो सइलेन्स माया।

हर दिन छुटै लाग्नि, सापनाको गोरेटोमा।
बोलिहारु गालि लाग्लान, ऊठ्नुपर्दा सिरेठोमा।
मौका मिल्छ, चोट दिन आफैलाई,
हरेक मोड अनि दोबाटोमा।

रुप जेहोस, धुप जेहोस,
सहेकै हुन्छ रुख, दियकै हुन्छ छाया।
पहाडको हरियालिमा हो कि,
तरइको फराकिलोमा हो?
सहरको दिक्दारीलोमा त होइन होला।
कतै सम्झनामा हो कि,
यो साइलेन्स माया?!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !