१२ बैशाख २०८१, बुधबार

गल्ती सृष्टिमा होइन दृस्टिमा छ !


sudarshan sapkota

गल्ती सृष्टिमा होइन दृस्ठिमा छ !
नेपालमा जन्मियो उ।
एकैछिन ‘जुम’ गरैं।

उ मदेशमा जन्मियो,
मदेशमै हुर्कियो।

उसले हिमालको उचाई देखेन रे,
नदिको बेग र झरनाको सुन्दरतालाई बुझेन रे।

तः उसको के गल्ति छ?

उसको आप्नै भासा छ,
नेपालि राम्रो बुझ्दैन,
सिक्दैछ बिस्तारै।

यसमा उसको गल्ति के छ?

उ नेपालको ईतिहास पल्टाउछ।
बिरताको कथा पाउदछ। स्बभिमानको चित्र देख्दछ।
तर उ आफ्नो तस्बिर किन भेट्दैन?!

यसम उसको गल्ति छ र?

बर्तमान त उसले भोगिरहेको छ।
आप्नै रन्गनेताले झन धोका दिरहेछन।
तर पनि उसको रगत र रास्टियताले दिएको छैन।
फेरि पनि कतै त्येहि रगत माथि प्रश्न तेर्साउन खोज्छ कोहि किन?

यसम उसको के गल्ति छ र?

साचै हिजो उ मौउन थियो ।
आज चेतनाले बोल्न सिकाएको छ।

बोल्न भन्दानि उ बुभाउन खोजिरहेछ।
उ देश खोजिरनेको होइन।

उ त देशमा आफुलाई खोजिरहेछ सयद।
आफ्नै खोजमा तपाई(राज्य)को साथ खोजिरहेछ।
एउटा जन्मजात नेपालि उ।

के उसलाई नेपालको माया छैनहोला र!
बास्तबमा आज उ आरोप र पिडा सहिरनेछ।
उसलाई त एकदम कन्फिउज बनाइएको छ।

तः यसमा उसको के गल्ति छ?!

उ त आसा-आसैमा प्रयोग भएको छ।
तेसैले गल्ति त यो सृष्टिमा छैन।
सायद गल्ति त तपाईको दृस्टिमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !