६ बैशाख २०८१, बिहिबार

गजल_मेरा आफन्तहरुले बेचिदिए बिश्वास केही पैसामा ।


anurag

मेरा आफन्तहरुले बेचिदिए बिश्वास केही पैसामा ।
अनि अहिले बनेका छन जिउँदो लास केही पैसामा ।।

एउटी नारीको बलात्कार भएको थाहा छ उस्लाई ।
तर पनि गर्दैछ अदालतमा वकवास केही पैसामा ।।

चोखो माया चोखो प्रेम विश्वास भन्ने कुरा न हो ।
अक्सर जोडिदो रहेछ माया खास केही पैसामा ।।

मैले सोचेको थिइन मेरो गरिबी देखेर टाढा हुन्छौं ।
आज भुल्न खोजेको हुदैछ आभास केही पैसामा ।।

अन्तिम पटक एउटा प्रश्न सोध्न मन छ तिमिसँग ।
यो मनसँग किन गर्यौ प्रेमको अभ्यास केही पैसामा ।।

* बिजय कुमार शाह “अनुराग” रुकुमका साहित्यकार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !