भारतीय रियालिटी शोमा मेनुकाले गीत गाउँदा जजले रुदै भने ‘तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियोसहित)

१८ कत्तिक, काठमाडौं । नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि सुमधुर आवाजकी धनी मेनुका पौडेल आफुसंग भएका प्रतिभा प्रस्फुटन गराउने क्रममा भारतीय टेलिभिजनको चर्चित रियालिटि सो सारेगामापाको इतिहासमै पहिलो पटक नेपालीले तहल्का मच्चाइरहेकि छिन ।

शनिबार रातिमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छानिएकी उनले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए । उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे । उनको गायनमा शेखरले आफ्नो आँसु थाम्नै सकेनन् । ‘तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन,’ उनले भनिन् ।

सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी मेनुका भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् ।
भिडियो हेर्नुहोस्

भारतीय टिभी सो सारेगामापामा धमाका मच्चाइन मेनुकाले !! जर्जहरु पनि राेए !!

नेपाल आइडलले नचीनेकि Menuka Poudel मेनुका पौडेलले भारतीय ZeeTv सो सारेगामापामा धमाका मच्चाइन् । जजहरु पनि राेए । दष्टिबिहिन मेनुका हाम्रो नेपाल (झापा) काे सान । कृपया सबैले Like र Share गराैँ

Posted by AAMA TV on Saturday, October 20, 2018