१३ बैशाख २०८१, बिहिबार

‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक


Changa chet

२१ असोज, काठमाडौं । फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

कमेडीले भरिपूर्ण ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकार फिचरिङ छन् । ट्रेलरमा तीन युवाले पैसा कमाउनको लागि गरेको संघर्ष देखाइएको छ ।

कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा, अर्पण थापा लगायतको मुख्य भूमिका रहेको छ ।

डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !