७ बैशाख २०८१, शुक्रबार

गोरी बन्न किरिम पाउडर, धस्न जानिएन


Gajal3
Rajju_Bidari._Kali
रज्जु बिडारी”काली”

गोरी बन्न किरिम पाउडर, धस्न जानिएन ।

राम्री बन्न कहिल्यै पार्लर, पस्न जानिएन ।।

 

लगाम लगाएको घोडा जस्तै परियो आफु ।

माया जताउन गफ छाटेर, बस्न जानिएन ।।

 

बोल्न पनि डर लाग्थ्यो, नजिक परेपछि ।

संस्कार बिर्सी अंगालोमा, कस्न जानिएन ।।

 

मुखले  होइन सधैं  मनले  माया गरियो ।

माया लाग्छ भन्दै चिप्लो, घस्न जानिएन ।।

 

देख्नेले त डोरी पनि, सर्प देख्छन् हजुर ।

“काली” नागझै कसैलाई, डस्न जानिएन ।।

यो पनि पढ्नुहोस् :

फर्क फर्क हे परदेशिएका, ति कोमल पाउ

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !