४ बैशाख २०८१, मंगलबार

दबङ ३ मा पनि सोनाक्षी सिन्हा नै देखिने


salman khan and sonakshi

मुम्बई, १६ साउन — ‘दबङ गर्ल’ सोनाक्षी सिन्हा चलचित्रको तेस्रो भागमा समेत देखिने भएकी छन् । यसअघि परिणिती चोपराले तेस्रो भागमा रज्जोको भूमिका निर्वाह गर्ने भनेर हल्ला चलेको थियो ।

द टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता दिँदै दबङका निर्माता निर्देशक अरबाज खानले पुरानै जोडी दोहोरिने पुष्टि गरे । उनले सोनाक्षीका अलावा अर्की अभिनेत्री पनि फिल्ममा देखिन सक्ने संकेत भने दिए ।

सलमान खानसँग झगडा परेर सोनाक्षीलाई दबङको तेस्रो भागमा नराखिने भनी हल्ला चलेको थियो । सोनाक्षीले अरबाजको फिल्म डलीकी डोलीमा खेल्न नमानेपछि सलमान खान रिसाएको बताइएको थियो । अरबाज सलमानका भाइ हुन् ।

सोनाक्षीले बलिउडमा डेब्यु नै दबङ फिल्मबाट गरेकी हुन् । यो हिट फिल्मले उनलाई सार्वजनिक पहिचान त दिलायो नै, बेस्ट फिमेल डेब्युको फिल्मफेयर अवार्ड पनि दिलायो ।

सोनाक्षीका फिल्म ‘अकिरा’ र ‘फोर्स’ प्रदर्शनका क्रममा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !