१३ बैशाख २०८१, बिहिबार

फर्क फर्क हे परदेशिएका, ति कोमल पाउ


Gajal1
Nitu Dahal2
नितु दाहाल

फर्क फर्क हे परदेसिएका, ति कोमल पाउ

आऊ आफ्नै देशको, पाखाबारीमा रमाउ,

 

मातृआमा रूदैछिन, तिमीबाट टाढिएर

यिनकै पाऊ लौ अब, तिमीले समाउ,

 

अस्तित्व यिनको, हुनलाग्यो छिन्नभिन्न

तिमी आएर देशको, स्वाभिमान बचाउ,

 

छैन राष्ट्रप्रेम कसैमा, बिकीसके सबै यता

आश तिम्रै छ लहै, नेपाल आमालाई हँसाउ,

 

गर्नसके सून हिरा फल्नेछ, तिम्रै देशमा,

गरेर मिहिनेत मनग्य धन, यतै कमाउ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !