७ बैशाख २०८१, शुक्रबार

विश्वमा राखौं यो देशको नाम


शोभा काफ्ले खतिवडा

भेटिई रहोस यो जगतमा जहिँ पनि; यिनै मेरा सर्वोच्च शैल हार !
हिमालदेखि सुरु हुँदै पुगोस छाओस जलको महासागर !!१

यसको कथा जगतले अव त साँच्चै नै सुन्नु पाउनु पर्छ !
समृद्द देश हो यो जगतको भनि अव यसैलाई भन्नु पर्छ !!२

नेपालीको मिलनको बनोस् अव कुनै जल झैँ विन्दु थोपा !
हिमालको कथनको बनोस अव यो देशमा आषा र भरोषा !!३

यो मेरो काव्य भूमि भरी कति छन हिम श्रृड्खलाहरु नै !
यो देव भूमि भरी हरपल नाच्दछन देवताहरुका गण नै !!४

यो नेपाली जातीहरुको हो जन्म र कर्मको भूमि !
नेपाली वीरको वीरताले बनेको हो यो पावन भूमि !!५

राजा र देवहरु मिली बसेको यो पुरानो देशको कथन छ !
देशका खातिर भनि कायौँले जीवन त्यागेको व्यथा छ !!६

यो भूमिमा हर तरहले दीप बालौँ हामी मिलेर !
समृद्दिको कथन पनि होस यो यो देश राम्रो भनेर !!७

नलेखिएका अव गितहरु हामी आफैँ मिलेर लेखौँ !
नखोजिएका भूमिहरु पनि हामी मिलेरै अन खोजौँ !!८

राजधानी जस्तै अ्व बनोस देशको हरेक दुर्गम क्षेत्र !
हिमाल हेर्न भनि मधेस पुगोस सुन्दर शैल त्यो क्षेत्र !!९

हिऊँको चिसोले अव तराईको मिठो अन्न खाओस !
हिमाली बालक पनि न्यानो गरी पढ्नलाई जाओस् !!१०

यहाँ नारी र छोरी जननीको होस; अति ठुलो सम्मान!
नारीको रोदन बनोस यो धराको जलको डुवान !!११

पुरुष जाती पौरख अनि वीरताले हरपल हाँसुन !
समृद्दि ल्याउन भनेर मुलुकको बरु ज्याननै फ्याकुन !!१२

यो विश्वमा गरिमा भएको हो ये हाम्रो भूमि !
सर्वोच्च सात शिखरको अपूर्व दृष्य भूमि !!१३

नेपाली वीरहरुको यो हो अपूर्व भूमि !
सिता र भृकुटी अनि वुद्दको यो जन्म भूमि !!१४

कतै हिमाल हिउँले भूमि सिंचन गर्छन !
पाहाड अन्न फलफूल दिई प्राण भर्छन !!१५

तराई हाम्रो जीवनको हो यो प्राण दाता !
अन्नपूर्ण बनि गर्दछ रक्षा यो हाम्रो जीवन धार !!१६

यस्तो विचित्र प्रकृतिको जल विन्दु सागर !
भरेर ल्याऊँ जलधिको राखौँ उर्जा नाऊँ !!१७

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

पर्वमय बनौ अव हामी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !