१३ बैशाख २०८१, बिहिबार

‘प्रसाद’को लिरिकल गीत ‘लै लै’ सार्वजनिक (भिडियोसहित)


Prasad

३ असोज, काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत अभिनित चलचित्र ‘प्रसाद’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘लै लै’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा गणेश शाहीको शब्द, सुवास भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ ।  फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन् ।

हेर्नुहोस् गीत :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !