११ बैशाख २०८१, मंगलबार

‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्न निर्देशन


Katha Kathmandu

२९ भदौ, काठमाडौं । गीत रिलिज देखिनै चर्को आलोचना खेपिरहेको फिल्म ‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्ने निर्देशन सहितको पत्र काटेको छ ।

फिल्ममा समावेश गीत ‘रातको कुरा’ यूट्युबमा रिलिज भएसँगै उक्त गीतमा भएको इन्टिमेट सिनको चर्को आलोचना भइरहेको थियो। उक्त कुरा फिल्मको ट्रेलरमा पनि देखियो ।

उनीहरुको विवाद निकै माथिसम्म पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार’मा केहीले प्रोमोलाई लिएर गुनासो गरेका छन् ।

katha_ktm

सरकारले सम्बन्धित निकाय अर्थात् चलचित्र विकास बोर्डलाई प्रोमोको विषयमा बुझ्न पत्र काटेको थियो । बिकास बोर्डले भने फिल्म निनर्माण युनिटलाई उक्त प्रेमो हटाउने ठाडो निर्देशन सहितको पत्र काटेको छ । यदि उक्त प्रोमो नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै अश्लिल प्रोमो हटाउन निर्देशन दिएकी छन् । प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा उल्लेख गरिएको छ ।  निर्देशक संगीता श्रेष्ठले बोर्डले फिल्म रिलिजको बेला अनावश्यक मानशिक तनाव दिएको भन्दै गुनासो ब्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो अफिसियल मिडिया पार्टनरको होइन । कसैले हाम्रो सामाग्री चोरेर हालेको छ । अनि उक्त कुरामा ठाडो निर्देशन सहित मलाई पत्र काटिएको छ । के यो गर्नु मार्यादित हो र ?’ बोर्ड जस्तो जिम्मेवार संस्थाले कुनै पनि अनुसन्धान बिना कारबाही गर्ने भनेकोमा उनले आप्पती जनाइन् ।

असोज १२ गते प्रदर्शनमा आउने कथा काठमाडौंमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोइराला, आयुष्मान देशराज जोशी, सन्ध्या केसी लगायतको मुख्य भूमिका रहेको छ । बिकास बोर्डको यो पत्रले भने फिल्मको रिलिज अन्यौलमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !