१३ बैशाख २०८१, बिहिबार

‘कथा काठमाडौं’को ट्रेलर सार्वजनिक


Katha Kathmandu

१८ भदौ, काठमाडौं । असोज १२ बाट प्रदशर्नमा आउने फिल्म ‘कथा काठमाडौं’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा काठमाडौं भित्रका तीन भिन्न भिन्न कथालाई प्रस्तुत गरिएको बताइएको छ । केही समय अगाडि सार्वजनिक भएको फिल्मको गीत निकै विवादित बनेको थियो । भिडियोमा प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट दृश्य मुख्य विवादको विषय बनेको थियो ।

ट्रेलरमा पनि उक्त दृष्यहरूलाई स्थान दिइएको छ । ट्रेलरमा प्रियंका र प्रमोदको इन्टिमेट दृष्य राखिएको छ ।

सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मूख्य भूमिका रहेको छ ।

विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !