४ बैशाख २०८१, मंगलबार

नेपाली निर्देशकविरुद्ध ५ करोड भारु क्षतिपूर्ति दाबी, कीर्ति युट्युवमा पुन : आयो


kriti

काठमाडौं, ४ साउन – अन्ततः शिरिष कुन्दर निर्देशित फिल्म कीर्ति हटाइएको १७ दिनपछि पुनः युट्युवमा आएको छ । यसअघि नेपाली फिल्म निर्देशक अनिल न्यौपानेले कपिराइट दाबी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । सोमबार रातीदेखि पुनः युट्युवमा फिल्म आइसकेपछि यसलाई शिरिषको सम्भावित कानुनी जितको रूपमा हेरिएको छ । न्यौपानेको बबलाई भने युट्युवले प्रतिबन्ध कायमै राखेको छ ।

चरित्र हत्या गरेको भन्दै न्यौपानेविरुद्ध कुन्दरले ५ करोड भारु क्षतिपूर्ति मागेका छन् । ट्वीटरमार्फत कुन्दरले पुनःफिल्म भिडियो साझेदारी साइटमा आएको जानकारी दिए । ‘कीर्तिले ३ मिलियन भ्युज पार गरेको छ ।

सत्यलाई ढिलो तुल्याउन सकिन्छ तर, रोक्न सकिँदैन’कुन्दरले ट्वीट गरेका छन् । २२ जुनमा युट्युवमा रिलिज भएको कीर्तिलाई ३० जुनमा हटाइएको थियो ।

मनोज बाजपेयी अभिनित सिनेमालाई निर्माताले फिचर फिल्म बनाउने योजना बनाएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !