११ बैशाख २०८१, मंगलबार

गायक राईलाई अस्मिता राई मन परेपछि यसो गरे (भिडियो सहित)


राई

१४ भदौ, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘मनपरो मलाई’ गीतको भिडियोको सार्वजनिक भएको छ ।

गायिका पुष्पा थापाको आवाजमा रहेको यस गीतमा एरेन्ज अमोस तामाङको रहेको छ ।

मायापिरतीसँग आधारित रहेको यस गीतमा अभिनय अस्मीता राई र गायक टम्पशेर राईको आफ्नै रहको छ ।

रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निक्कै नै लोकप्रियता कमाउनु भएका युवा सञ्चारकर्मी टम्पशेर राईले तिन दर्जन भन्दा वढी गीतहरु लेखिसक्नु भएको छ ।

तिन दर्जन भन्दा बढी गीतहरुमा संगीत गरिसक्नुभएका गायक राईले एक दर्जन गीतहरु गाइसक्नुभएको छ ।

नेपालकै चर्चित गायक राजेश पायल राई, दिपक लिम्बू र गायिका मेलिना राईसँग काम गरिसक्नुभएका गायक राई पछिल्लो समयमा विभिन्न गीतहरुको म्युजिक भिडियो निकाल्नमा व्यस्त हुनुहुन्छ ।

लामो समयसम्म रेडियो संचारमा काम गरिसक्नुभएका गायक राई सानैदेखिनै संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !