१३ बैशाख २०८१, बिहिबार

गायक तथा संगीतकार राईको ‘सकिन बन्न’ गीतको भिडियो सार्वजनिक


tampasher rai

६ भदौ, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको स्वरमा रहेको ‘सकिन बन्न’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा टम्पशेर राईको आफ्नै संगीत रहेको छ भने एरेन्ज आमोस तामाङको रहेको छ ।

एकदमै आधुनिक खालको र समय सापिक्षे अनुसारको रहेको यस गीतमा क्रिष्टिना थापा र गोपीकृष्ण राईको अभिनय रहेको छ ।

रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निकैनै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राई सानैदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसनुभएको छ ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !