७ बैशाख २०८१, शुक्रबार

बृहत् साहित्य सम्मेलन ‘स्मारिका’ विमोचन


Rolpa

५ भदौ, रोल्पा । बृहत् साहित्य सम्मेलन मूल आयोजक समिति रोल्पाले प्रकाशन गरेको ‘स्मारिका’ आज लिवाङमा विमोचन गरियो ।

गत जेठ २० देखि २२ गतेसम्म रोल्पा सदरमुकाम लिवाङमा सञ्चालित बृहत् साहित्य सम्मेलन २०७५ का सम्पूर्ण गतिविधि समेटेर उक्त स्मारिका प्रकाशन गरिएको हो । स्मारिकामा साहित्य सम्मेलनमा भएका गतिविधि, वाचन गरिएका रचना तथा सम्मेलनप्रति विभिन्न व्यक्तिले व्यक्त गरेका धारणा समावेश गरिएको छ ।

दशवर्षे द्वन्दले एक प्रकारको पहिचान बनाएको रोल्पालाई साहित्य सम्मेलनले अर्को पहिचान बनाउन सघाएको कार्यक्रमका वक्ताले आंैल्याएका थिए । “धेरै मान्छेलाई अझै पनि रोल्पाप्रति नकारात्मक धारणा छ, त्यसलाई चिर्न सम्मेलन र स्मारिकाले सघाउ पु¥याएको छ,” रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले भन्नु भयो । साहित्यमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित रोल्पा नगरपालिकाको आयोजनामा उक्त सम्मेलन भएको थियो । सम्मेलनलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । सम्मेलन हरेक वर्ष गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोगको आश्वासन दिएकाले निरन्तता दिने सोच बनाएको मूलसमारोह समितिका संयोजक डिबी.टुहुरोले भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !