८ बैशाख २०८१, शनिबार

सञ्चारकर्मी खड्काको ‘घिनघिन मादल’ सार्वजनिक (भिडियोसहित)


Chanda Khadka

३ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी चन्दा खड्काको घिनघिन मादल बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पूर्वकी सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् ।

राजकुमार बगरको शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वाट तीज गीत समावेश गरिएको छ । घिनघिन मादल घन्काउदै काठमाडौंको त्रिवेणी स्टुडियो र चुरा हातैमा बोलको गीत पुर्वाञ्चल स्टुडियोमा रेकर्ड गरिएको हो । घिनघिन मादलको एरेन्ज कमल सौरागले गरेका हुन । उनले यस गीतको म्युजिक भिडियोसमेत तयार पारेकी छिन् ।

गीतको म्यूजिक भिडियोको निर्देशन तथा छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन भने सम्पादन निसान घिमीरेको रहेको छ । गीतमा नृत्य निर्देशन आयस्वर लिम्बुको रहेको छ । भिडीयोमा नागी डान्स सेन्टरका कलाकार र मोडेल  रिना नेउपाने र गायिका खड्का स्वयमको अभिनय रहेको छ ।

पुर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आइरहेकी उनले गत बर्षका सफलतापछि चौथो एल्बम घिन घिन मादल बनाउन हौसला मिलेको बताएकी छिन् ।

गायिका खड्काको माइतीघर, माइतीघर भाग २, तीजको लहर नामका सांगीतिक एल्बम बजारमा आइसकेका छन् भने गत साल गीतकार पुजा मारियाको शब्दमा रहेको प्रदेशीको यादमा नामक लोक गितको एल्बम बजारमा आइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !