१३ बैशाख २०८१, बिहिबार

‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक


Bandha Mayale

३१ साउन, काठमाडौं । फिल्म ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको गीत रिलिज गरिएको हो ।

सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा छायांकन गरिएको भिडियोमा आर्यन र सृष्टिको केमेष्ट्री मिलेको देखिन्छ ।

जहाँ उनीहरु निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् ।

फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन् । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !