८ बैशाख २०८१, शनिबार

मदन पुरस्कारका लागी प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक


madan pusrakar

२१ असार, २०७३:- काठमाडौं, हरेक बर्ष प्रदान गरीने मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।
यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।

श्रेष्ठ सूचीबाट सर्बश्रेष्ठ एक पुस्तकलाई मदन पुरस्कार दिइने गुठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए ।

श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा :

भुवनहरी सिग्देलको आमोई,
रामलाल जोशीको ऐना,
नीलम कार्की निहारिकाको चिरहरण,
घनश्याम खड्काको निर्वाण,
सरिता तिवारीको प्रश्नहरुको कारखाना,
बुद्धिसागरको फिरफिरे
दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !